कास्की प्रहरीले एक नाबालिकालाई मामाघर लगिदिन्छु भनी जबरजस्ती करणी गर्ने एक युवकलाई पक्राउ गरेको छ।
धादिङ जिल्लाको सलाङ गाविस वडा नं ८ घर भई हाल पोखरा उपमहानगर पालिका वडा नम्बर ८ बस्ने बर्ष २४ वर्षिय नारायण शाहलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। साउन २९ गते मामाघर जान हिँडेकी १४ वर्षिया बालिकालाई पृथ्वीचोकस्थित एक होटलमा जबरजस्ती करणी गरेको अनुसन्धनले देखाएको कास्की प्रहरीका प्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए।
शाहलाई जबरजस्तीकरणी मुद्वामा म्याद थप गरी अनुसन्धान भैरहेको अधिकारीले जानकारी दिए।