अज्ञात समूहले महोत्तरीको बर्दिबासमा बिहीबार राति ३ वटा नाईट बसमा आगो लगाएका छन्।
बर्दिबास नगरपालिका १ मा पार्किङ्ग गरी राखिएको ना.५ख.४९९४, ना.५ख.२६९४ नम्बरको बस र एउटा अनटेस्ट सहित ३ वटा नाईट बसमा अज्ञात समूहले आगजनी जलाएको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताए।
बस धनी जिल्लाको औरही गाविस बस्ने मुकेश चौधरीले बर्दिबासमा बस्दै आएका आफ्ना डेरा अगाडि नै पार्किङ्ग गरी राखेका तीनवटै गाडिमा राति १२ बजेपछि अज्ञात समूहले आगजनी गरेका थिए। आगजनी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
घटना बर्दिबासको भोला बसन्त चौकदेखि भन्दा ३ सय मिटर उत्तरमा भएको हो भने सो घटनामा ना.५ख.४९९४ र अनटेस्ट बस पूर्ण रुपेन क्षतिग्रस्त भएको छ भने ना.५ख.२६९४ नम्बरको बसमा आंशीक क्षति भएको प्रहरी नायब उपरिक्षक पण्डितले बताए।
ईलाका प्रहरी कार्यालय बर्दिबासले आगजनी गरी बस जलाउने समूहको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरेको जनाइएको छ। आगजानीबाट जलेश्वर—जनकपुर—काठमाँडौ चल्ने ना ५ ख ४९९४ र भरखरै खरिद गरेर ल्याइएको वन टेस्ट बस पूर्ण रुपमा नष्ट भएको छ भने, महोत्तरीको सम्सि—गौशला—काठमाँडौं चल्ने बसमा आगलागीबाट आंशीक क्षति पुगेको प्रहरीले जनाएको छ। वनटेस्ट बस सडकमा गुडन नपाउँदै आगजानी भएको हो।
यसअघि बुधबार साँझ पूर्व—पश्चिम राजमार्ग अर्न्तगत महोत्तरीको लक्ष्मिनियाँ ५ स्थित बीच जंगलमा मधेशी मोर्चाका कार्यकर्ताहरुले बन्दमा सवारी चलाएको भन्दौ एक बस र एक ट्रकमा आगो लगाएर जलाएको घटना सेलाउन नपाउँदै यो घटना भएको हो।