कवि तीर्थ श्रेष्ठलाई हृदयाघात भएको छ । उनको अहिले राजधानीस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । बयोधा अस्पतालको सिसियु कक्षमा उनको उपचार भइरहेको अस्पतालमै रहेका कवि विजय वजिमयले जानकारी दिएका छन् ।
उनको मुटुमा ब्लकेज भएको र उनी अहिले कुराकानी गरिरहेकै अवस्थामा रहेको परिवारले जानकारी दिएको छ । बयोधा अस्पतालमा अहिले कवि, कलाकारहरु उपस्थित भएर उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । सिसियु कक्षमा उनको उपचार भइरहेकाले कसैसँग भेट गर्न भने दिइएको छैन ।
उच्च रक्तचापका बिरामी श्रेष्ठलाई केही वर्षअघि ब्रेन हेमरेजसमेत भएको थियो । त्यतिबेला काठमाडौंकै अन्नपूर्ण हस्पिटलमा उपचार गरेपछि श्रेष्ठ संगीत नाट्य एकेडेमीको सदस्य सचिव पद छाडेर आफ्नो घर पोखरा नै बस्ने गरी फर्केका थिए ।
पोखराबाट सागरराज तिमिल्सिनाले जनाएअनुसार सोमबार बिहान विन्दबासिनी मन्दिरको बैठकका लागि गएका श्रेष्ठलाई त्यहीँ हृदयाघात भएको थियो । हृदयाघात हुनासाथ उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइए पनि यहाँ उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको चिकित्सक माधव तिवारीले बताएका छन् ।
बिहानसम्म उनी स्वस्थ रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । यद्यपि विन्दबासिनी मन्दिरबाट घर फर्किएर खाना खाइवरी पुनः बैठकका लागि विन्दबासिनी मन्दिर पुगेका श्रेष्ठलाई त्यहाँ हृदयाघात भएको थियो ।
चक्कर आएर ढलेपछि श्रेष्ठलाई सिधै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याईएको थियो । श्रेष्ठ विन्दबासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव हुन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दुईपल्टसम्म इसिजी गरेपछि मुटुको एउटा भल्भले काम गर्न छोडेको चिकित्सकले जानकारी दिए ।
त्यसपछि मुटुको अन्य भल्भले पनि काम नगर्ने सम्भावना मध्यनजर गर्दै उपचारार्थ खटिएका चिकित्सकहरुले उनलाई काठमाण्डौको वयोधा अस्पताल वल्खुमा रिफर गरेका थिए । श्रेष्ठलाई पाँच वर्ष पहिले बे्रन हेमरेज भएको थियो ।
श्रेष्ठका आधा दर्जन प्रकाशित पुस्तकमध्ये मुक्तक संग्रह ‘महाभारतका गीत’ र गीत संग्रह ‘मेरो हिमालजस्तै’ छन् ।