कवि तीर्थ श्रेष्ठलाई हृदयाघात भएको छ । उच्च रक्तचापका बिरामी श्रेष्ठलाई केही वर्षअघि ब्रेन हेमरेजसमेत भएको थियो । त्यतिबेला काठमाडौंकै अन्नपूर्ण हस्पिटलमा उपचार गरेपछि श्रेष्ठ संगीत नाट्य एकेडेमीको सदस्य सचिव पद छाडेर आफ्नो घर पोखरा नै बस्ने गरी फर्केका थिए ।
सोमबार विहान ११ बजेतिर छाती दुखेपछि श्रेष्ठलाई उपचारका निम्ति पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । डाक्टर वसन्त ताम्राकार, माधव तिवारीलगायत चिकित्सकले एनजिओग्राम गर्नुपर्ने सल्लाह दिएपछि हेलिकोप्टरमा काठमाडौंतर्फ लगिएको पोखराकै अर्का कवि एवं श्रेष्ठका साथी सरुभक्तले सेतोपाटीलाई बताए ।
श्रेष्ठका आधा दर्जन प्रकाशित पुस्तकमध्ये मुक्तक संग्रह ‘महाभारतका गीत’ र गीत संग्रह ‘मेरो हिमालजस्तै’ छन् ।