शनिबार राती पहिरोले घर पुरिँदा आमा छोरीसहित यहाँ तीन जनाको मृत्यु भएको छ ।
पहिरोले घर पुरिएर नारायण नगरपालिका– ६ नमुना वस्तीका २० वर्षीया रुपा बादी तथा तिनका तीन वर्षीया छोरी सपना र दुई वर्षीय छोरा जितको मृत्यु भएको हो । मृतक रुपाका श्रीमान् दीपकबहादुर घाइते भएका छन्।
प्रहरी निरीक्षक पुष्कर बहादुर चन्दको नेतृत्वमा गएको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पुर्याएको थियो।
पहिरोले घर पुरिँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।
यसैबीच, मृतकका आफन्तजनलाई नेपाल महिला सङ्घ दैलेख जिल्ला अध्यक्ष सीता रानाले सहयोग स्वरुप रु १५ हजार प्रदान गरिन्। रासस