स्थानीय विकास मन्त्रालयले सिरहाको धनगढी ३ मा छुवाछुतजस्तो घृणित कार्य भएको भन्दै आपत्ती जनाएको छ । छुवाछुत र जातिय भेदभाव कानुनत दण्डनिय भएपनि अझै पनि यस्ता घटना विद्यमान हुनु अत्यन्त दुखत भएको मन्त्रालयले जनाएको छ ।
सेतोपाटी अनलाइनमा
समाचार प्रकाशित भएपछि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ५ वर्षअघि देखिआफूहरुले संचालन गर्दै आएको सामाजिक परिचालन कार्यक्रममा सहभागी स्थानीय सेवा प्रदायक संस्थाहरुले घटना हुन नदिन किन सशक्त भुमिका खेल्न नसकेको भन्दै प्रश्न गरेको छ ।
घटनाबारे अनुसन्धान गरी घटनामा सम्लग्न व्यक्तिहरुलाई आत्मआलोचना गर्न समेत मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको सहसचिव रेश्मीराज पाण्डेले जानकरी दिए । साथै मन्त्रालयले त्यस्तो घटना हुन नदिन क्रियाशिल रहन पनि ती निकायलाई भनेको छ ।