सर्वाधिक खोजीको सूचीमा रहेका ताप्लेजुङ साँवाका सागर लिम्बू ‘मण्डेला’ ले बुधबार प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।
विगत छ वर्षदेखि आफूविरुद्ध कर्तव्य ज्यानलगायत तीन मुद्दा लागेपछि फरार रहँदै आएका लिम्बूलाई पटकपटक प्रहरीले पक्रन खोजे पनि छक्याएर भाग्न सफल हुँदै आएका थिए।
पटकपटक प्रहरी र राजनीतिक दलबाट आत्मसमर्पण गर्न सुझाव आएपछि आफूले आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा उनले बताए।
लुकिछिपी बस्दै आएका उनलाई गत फागुनको पहिलो साता प्रहरीले घरबाटै नियन्त्रणमा लिने प्रयास गर्दा लिम्बू र प्रहरीबीच गोली हानाहानसमेत भएको थियो।
लिम्बूमाथि २०६६ माघ १४ गते राति आफ्नै छिमेकी २५ वर्षीय रामबहादुर गुरुङमाथि वैवाहिक भोज कार्यक्रममा धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग छ।
भौगोलिक विकटता, सञ्चार संयन्त्रको अभाव, भेडी गोठमा लुकीछिपी बस्ने गरेका कारण लिम्बूलाई समयमै पक्राउ गर्न नसकिएको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए। रासस