बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा भन्ने ठाउँमा फेरि पहिरोले गाडी पुरेको छ। बुटबलबाट पाल्पा जाँदै गरेको बा १२ च ४०५७ नम्बरको जिप पहिरोले पुरेको हो।
पहिरोले जिप पुरेपनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। यद्यपी पहिरोसँगै रहेको अरिंगालले चिलेर केही यात्रु घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। यसअघि गत असार २ गते सिद्धबाबामा ढुंगा खसेर जिपसँगै पुरिएका दुईजनाले ज्यान गुमाएका थिए भने दुईजनाको प्रहरीले उद्धार गरेको थियो।