भारतको मध्य प्रदेशमा दुईवटा रेल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ३२ जना व्यक्तिको मृत्यु भएको छ।
सो दुर्घटनामा परी अन्य ७० जना घाइते भएका वरिष्ठ रेलवे अधिकारीले बुधबार जानकारी दिएका छन् । प्रान्तीय राजधानी भोपालबाट १६० किलोमिटर टाढा रहेको स्थानमा स्थानीय समयाअनुसार ११ः३० मा सो दुर्घटना भएको जनाइएको छ ।
दुर्घटना भएका ती दुई रेल मुम्बईबाट बनारस र अर्को रेल मुम्बईबाट पूर्वी भारतीय राज्य बिहारको जबालपुरतर्फ गइरहेको सो रेल मचामक नदीमा खसेको बताइएको छ ।
सो रेल दुर्घटनामा मारिएकामा १० जना महिला र पाँच बालबालिका रहेका जनाइएको छ । दुर्घटनाग्रस्त सो रेलबाट ३०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ । रासस/सिन्ह्वा