मोरङ पथरीशनिश्चरेमा १ बजार लाईनमा मानसिक सन्तुलन गुमाएकी महिलाको अज्ञात समूहद्वारा हत्या भएको छ। मस्तिक गुमाएकी महिलाको कन्चटमा रडले प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। हसन्दह ३ घर भएकि रमा बराल (राई) नामले चिनिएकी अन्दाजी ४५/४६ बर्षकी उनको शव सोमबार बिहान ५ बजे प्रहरीले भेटेको थियो।
घटनास्थल इलाका प्रहरी कार्यालय भन्दा ५०० मिटरको दुरीमा छ। मृतकको शवलाई पोष्टमार्टमको लागि धरानको बि.पि. कोइरालामा अस्पताल लगिएको छ। मृतकको हत्या बारेमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक रुद्र प्र. चुडालले बताए।