बढ्दो गर्मीसँगै नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ‘भाइरल ज्वरो’ र ‘कमलपित्त’ को उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
पानी नपरेर अत्यधिक गर्मी बढेकाले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये दैनिक ३० देखि ४० जनासम्म भाइरल ज्वरोका बिरामी हुने गरेका छन् । त्यसैगरी, साउनको दोस्रो सातासम्ममा उपचारका लागि अस्पताल आएकामध्ये ४५ जना रोगीलाई कमलपित्त लागेको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ ।
यो रोग लागेको शङ्का हुनेबित्तिकै चिकित्सकसँग आवश्यक सल्लाह र परामर्श लिन सबैमा चिकित्सकहरुले आग्रह गरेका छन् ।
“मौसम परिवर्तनसँगै गर्मीयाममा देखापर्ने यो रोग विशेष गरी प्रदूषित खानेपानी सेवन गर्नाले हुने गर्छ,” चिकित्सकहरु भन्नुहुन्छ – “समयमा उपचार नगराए यस रोगले ज्यानसमेत लिन सक्छ ।”
रोग लागेर उपचार गर्नुभन्दा यो रोग लाग्नै नदिन समयमै उच्च सतर्कता र खानपिनमा विशेष ध्यान दिनुपर्ने अस्पतालका चिकित्सक डा श्यामसुन्दर दास बताउनुहुन्छ । यस्ता रोगबाट बच्ने सबैभन्दा उपयुक्त र भरपर्दो उपाय नै दूषित खानपिनबाट बच्नु हो ।
दैनिक करिब १० देखि १५ जना बिरामी भाइरल ज्वरो तथा त्यत्तिकै सङ्ख्यामा कमलपित्तका बिरामी उपचारका लागि आफूकहा“ आउने गरेको बताउ“दै डा दासले रासससँग भन्नुभयो – समयमै आवश्यक पहल र सतर्कता अपनाउन सकिएन भने यसले भयावह रुप लिन सक्छ ।
उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा आउने बिरामीको तथ्याङ्क मात्र सरकारले राख्ने गर्छ । यसबाहेक निजी अस्पताल, स्वास्थ्य क्लिनिक, औषधि पसल, गाउ“घर र भारतमा गएर उपचार गराउनेको सङ्ख्यालाई जोड्ने हो भन्ने यस्ता रोगबाट प्रभावित हुनेको सङ्ख्या निकै नै बढी हुन्छ ।
यस्ता रोगबाट विशेष गरी ग्रामीण जनता प्रभावित हुने गरेका छन् । रासस