पूर्वप्रमुख निर्वाचन आयुक्त सुन्दरप्रसाद शाहको गएराति निधन भएको छ ।
लामो समयदेखि घाँटीको ट्युमरबाट पीडित पूर्व प्रमुख आयुक्त शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा गएराति निधन भएको उनका छोरा सञ्जीवप्रसाद शाहले जानकारी दिए। उनी ८३ वर्षका थिए।
निजामती सेवामा लामो अनुभव सम्हाल्नुभएका शाहले सूचना तथा सञ्चार र गृह मन्त्रालयको सचिवका रुपमा नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका थिए।
निजामती सेवाबाट निवृत्त भएपछि उनले पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष, तत्कालीन राजपरिषद् स्थायी समितिको सदस्य र प्रमुख निर्वाचन आयुक्त भई काम गरेका थिए। उनको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका एक छोरा र एक छोरी छन्। रासस