दाङ देउखुरीको राजपुर गाविस वडा नं.–४ को काजल सामुदायिक वनमा लोपउन्मुख प्रजातिको अंजिगर फेला परेको छ। अजिङ्गर फेला परेपछि चङ्गुवाका स्थानीय उपभोक्ताहरुले सिसहनियास्थित कालापानी सामुदायिक वनमा लगेर छोडेका छन्।
अजिङ्गर १२ फिट लम्वाई, १७ इञ्च गोलाई र ६० केजी तौलको थियो। उक्त अजिङ्गरलाई स्थानीय उपभोक्ताहरुले फेला पारेपछि जिल्ला वन कार्यालय अन्तर्रगत सेक्टर वन कार्यालय गढुवा र गंगदीलाई जानकारी गराएपछि वन कार्यालयको टोलीले कालापानी सामुदायिक वनमा लगेर छोडेको हो।