इलाममा आफ्नै साथीको हत्या गरी भाग्दै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दानाबारी ८ का सागर राइलार्ई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको डिएसपी प्रकाश रानाभाटले जानकारी दिए ।
उनले गएराती आफ्नै साथी गंगा राईलाई चिर्पटले हानेर हत्या गरेको उनले बताए ।
साथीको हत्यापछि भाग्दै गरेको अवस्थामा चिसापानीबाट नियन्त्रणमा लिइएको रानाभाटले जानकारी दिए । रक्सी खाएर विवाद हुदाँ उनले साथीको हत्या गरेको रानाभाटले बताए ।
यसैबीच जनताको गुनासो सुन्न जिल्ला प्रहरी कार्यालय इलामले आज नेपालटारमा सार्वजनिक सुनुवाइ गरेको छ ।