गोरखाबाट सुमन कार्की सहित ३ जनाको सामान किन्न ल्याएको नगद ५ लाख रुपैयाँ लुटिएको छ। थानकोट दुरसंचार कार्यालय नजिकबाट बुधबार २ जना अपरिचित व्यक्तिहरुले उक्त नगद लुटेको बताइएको छ।
फरार लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी दाङ धनौजी–७ बस्ने ५१ वर्षीय कुमारी रासकोटीको नगद २ लाख रुपैयाँ लुटपाट भएको छ। घोराहीबाट द्वन्द्व पिडीतको उक्त रकम लिई घर आएकोमा उनीसँगै आएका ३ जना अपरिचित व्यक्तिहरुले बुधबार उक्त नगद लुटपाट गरेको थिए ।
प्रहरीले लुटपाट घटनाका शंकास्पद त्रिपुरा ५ बस्ने २७ वर्षीय गोबिन्द डिसीलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।