देश अझैपनि भूकम्पको पीडाबाट गुज्रिरहेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ६९ औं जन्मोत्सवमा कुनै औपचारिक कार्यक्रम आयोजना गरेनन्। २००४ साल असार २३ गते जन्मेका ज्ञानेन्द्रको बुधबार ६९ औं जन्मदिन परेको थियो।
पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिनाका अनुसार यो वर्ष राष्ट्रमा ठूलो शोक परेकाले जन्मोत्सवको औपचारिक कार्यक्रम अायोजना गरिएन। जन्मदिनका अवसरमा पारिवारिक जमघटको कार्यक्रममा पनि नरहेको तिमिल्सिनाले सेतोपाटीलाई बताए।
०६३ सालअघि राजाको जन्मोत्सवका दिन राष्ट्रिय विदा दिने चलन थियो। २०६५ सालमा गणतन्त्र घोषणभएपछि गद्दिच्यूत भएका पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा औपचारिक कार्यक्रम गरी जन्मदिन मनाउँदै आएका थिए।