पहलमानपुर–१ मा एक शिक्षक आफ्नै कोठामा मृतावस्थामा फेला परेका छन् ।
पहलमानपुर–१ स्थित जेनियम बोर्डिङ स्कुलका शिक्षक प्रेम लामिछाने थापा मगरको शव आज बिहान ९ बजे आफ्नै कोठामा फेला परेको अस्थायी प्रहरी चौकी पहलमानपुरका प्रहरी नायब निरीक्षक धनदत्त पन्तले जानकारी दिए।
डडेल्धुराको आलिताल–१४ स्थायी घर भएका थापा मगर स्थानीयवासी खगेन्द्र सुवेदीका घरमा तीन महिनादेखि बस्दै आएका थिए । उनी आइतबार साँझ कोठामा सुतेका थिए । रासस