पोखराको मणिपाल शिक्षण अस्पतालको छतबाट खसेर एक चिकित्सको ज्यान गएको छ।
एमबिबिएस सकेर इन्टर्नसिप गरिरहेका अनिमेस ठाकुरको मुत्यु भएको कास्की प्रहरीले जनाएको छ।
दुई दिनअघि प्रेमिकासँग मनमुटाव भएको र शनिबार राति प्रेमिकाको डेरामा गएका उनको छतको रेलिङबाट तल खसेर मुत्यु भएको प्रहरीको प्रारम्भीक अनुमान छ। जिल्ला प्रहरी प्रमुख हरि पालले भने,‘ ‘मणिपालमै अध्ययनरत प्रेमिकासँगको मनमुटावले आत्महत्या गरेका हुनसक्छन्।’
स्वास्थ्य मन्त्रालयका अनुगमन महाशाखाका प्रमुख गरिबदास ठाकुरका छोरा अनिमेससँगै इन्टर्नसिप गरिरहेका अन्य सहकर्मीहरूले भने धकेलेर उनको हत्या भएको आरोप लगाएका छन्।