झापाको शिवसताक्षी नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद गुरागाईंमाथि शुक्रबार दिउँसो उनकै कार्यकक्षमा आक्रमण भएको छ।
कार्यालय भित्र बसेर काम गरिरहेका बेला गुरागाईमाथि आक्रमण भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ।
नगरका कार्यकारी अधिकृत गुरागाईँमाथि स्थानीय ८ नम्बर वडाका बुद्धिमान खोयाङ्गले मोटर साइकलको हेलमेटले आक्रमण गरेको पीडित गुरागाईले बताए। आक्रमणमा गुरागाईँ जोगीएको कारण ठूलो क्षति हुन नपाएको शिवसताक्षी नगरपालिकाले जनाएको छ।
गएको मंगलबार कनकाई नदिमा आएको बाढीले शिवसताक्षी नगरको ९ नम्बर वडामामा निर्माणाधिन बाँध भत्काएको सिफारिस लिन खोयाङ्ग नगरपालिका पुगेका थिए। खोयाङ्गसँगै सो बाँधको ठेक्का पाएको शिवराम कन्सट्रक्सन प्रालिका प्रोपराइटर मनोज उप्रेती पनि दिउँसो साढे १ बजेतिर नगरपालिका पुगेको कार्यालयका कर्मचारीले बताएका छन्।
सो बाँध जनताको तटबन्ध डिभीजन नम्बर १ गैडे माईधारले ठेक्का लगाएको थियो। बाढीले बाँधमा पुर्याएको क्षतिको सिफारिस लिन कन्सट्रक्सनका प्रोपाईटरसहित खोयाङ्ग नगरपालिकाको कार्यलय पुगेका थिए।
श्रोतका अनुसार सिवराम कन्सट्रक्सनका प्रोपाईटर उप्रेतीले बाढीका कारण क्षति पुगेको बाधको सिफारीस पाउ भनि शिवसताक्षी नगरपालिकाको कार्यलयमा निवेदन दिएका थिए।
यता नगर अधिकृतले क्षतिको बास्तविकता बुझन स्थलगत निरीक्षण गरेपछि मात्र नगरले सिफारीस दिने भनेपछि आफूमाथी आक्रमण भएको बताए।
‘मैले त्यतिमात्र भनेको थिएँ उहाँले हातमा बोकेको हेल्मेटले मेरो टाउकोमा जोडले हान्नुभएको थियो।’
यसैबीच नगर अधिकृतमाथि आक्रमण गर्ने खोयाङ्गले आत्मसर्पण गर्दे ईलाका प्रहरी कार्यालय झिलझिलेमा गिरफ्तारी दिएका छन्। ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक बिनोद निरौलाले उनी आफैं गिरफ्तारी दिएको बताए। उनले भने ‘खोयाङ्ग फरार हुने प्रबृद्धीको मानिस होईन। यसअघि शिवराम कन्ट्रक्सन प्रालिका प्रोपराइटर मनोजप्रसाद उप्रेतीलाई प्रहरीले नगर अधिकृतकै कार्यकक्षबाट पक्राउ गरेकेा थियो।
उप्रेती खोयाङ्ग सँगै नगरपालिका गएका थिए। यता पीडित गुरागाईले कुनैपनि हालतमा आफूमाथि आक्रमणको असफल प्रयास गर्ने खोयाङ्गलाई कारबाही गर्न माग गरेका छन्। उनले ईलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिएर कारबाहीको माग गरेका हुन्।
यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्र राज रेग्मीले दोसीमाथि कारबाही हुने प्रतिवद्धता जनाए।