जोखिमयुक्त विजयपुर क्षेत्र। तस्बिरः सेतोपाटी
- –२०६७ सालमा धरान–३, निराजनबस्तीमा कुमार साहीको घरको आधा भागबाट चिरिएर पहिरो गयो। लगभग २ लाख रुपैयाको क्षति भयो।
- –२०७० साउन १९ गते सोही स्थानका शेरबहादुर मगरको काठको दुई तले दुईवटा घर पहिरोकै कारण भत्कायो। उनको ६ लाख रुपैया क्षति भयो।
सन् २००१ मै खानी तथा भूगर्भ विभागले गरेको ‘वातावरणीय भू–भौतिक अध्ययन' मा देवीगाउ, निराजनबस्ती, चिनियाचोक भएर गएको चिरा मेन फ्रन्टल थ्रष्ट (एमएफटी) मै पहिरो जाने संकेत गरेको थियो।
अध्ययनको ९ वर्षमै त्यस ठाउँमा पहिरो गयो। चारवर्ष अघि स्वीटजरल्याण्डको मिलान युनिभर्सिटीबाट आएका चार भूगर्भविद्हरुलेसमेत एकवर्ष लगाएर गरेको अध्ययनले धरान बाढी पहिरोको उच्च जोखिम रहेको पत्ता लगायो। यि माथिका प्रतिनिधि उदाहरणहरु पनि यसैको नमुना हुन्। जुन अहिले भइरहेको छ। अहिले शेरबहादुरको परिवार भाडामा बसिरहेका छन्। त्यो बेलाको पहिरोले प्रत्यक्ष्ग्ा रुपमा ६ लाख रुपैया भन्दा बढी क्षति गरेको उनी बताउँछन्। त्यस्तै साहीको पनि प्रत्यक्ष रुपमा २ लाख रुपैया क्षति बेहोरे।
दरार परेको क्षेत्र मै बाक्लो बस्ती बसेकाले थप मानवीय कमजोरीबाट पहिरोलाई मद्दत पुग्ने कार्यहरु भइरहेका छन्। अझ विजयपुर आसपासमा चुरे लुकेको अवस्था छ। खानी तथा भूगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्पमापन केन्›का प्राविधिक अधिकृत उमेशप्रसाद गौतम भन्छन्, ‘धरान आसपासमा चुरे लुकेको अवस्थामा छ । जहाँ बाढीपहिरो र भूकम्पीय जोखिम धेरै हुन्छ । विजयपुर डाँडामा चुरेको चरित्र देखिन्छ । जहाँ भूकम्पीय जोखिम उच्च छ ।' त्यसैले पनि विभागले त्यस क्षेत्रमा घर निर्माण नर्गनका लागि सुझाएको हो । धरानको माटो स्कार्फ फल्ट जोनमा पर्ने भएकाले भूकम्पको सानै कम्पन पनि ठूलो (एम्पिफाई) भएर जाने विभागको अध्ययनमा उल्लेख छ।
विभागको अध्ययनले भन्छ, ‘चुरे भएकाले पनि भूकम्प आउँदा ग्रेगर र ढुंग्यान माटोले थाम्न सक्ने क्षमता एकदमै न्यून छ । सामान्य भूइँचालो आउँदा नै बढी क्षति हुन्छ ।' यसपटकको भूकम्प र त्यसका पराकम्पनलेसमेत यो क्षेत्रका माटोहरु कमजोर बनाएको छ भने अर्को तर्फ घर निर्माण तिब्र भइरहेकाले जथाभावी खन्नेलगायतको काम भइरहेको छ। यसलेसमेत जमिनको थेग्न सक्ने क्षमतालाई ह्रास ल्याइरहेको छ।
जमिनमूनि भूइँचालो आउँदा ढुंगा माटोको शक्तिले थामिनुपर्ने तर त्यसबेला नै शक्ति बाहिर निस्कने प्रवेशद्वार यी चिरा बन्नसक्ने विज्ञ ठहर्याउँछन्।
धरान उपमहानगरपालिकाका योजना शाखाका बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ भन्छन् ‘माटोको हिसावले धरानको रामै्र छ। तर, फल्ट लाइन देखिएकाले बढी पानी पर्दा समस्या आउँला कि भन्ने देखिन्छ। मौसम पूर्वानुमान शाखाको भनाइलाई आधार मान्ने हो भने चुरे तथा भावर क्षेत्रमा वार्षिक सरदर २५ हजार मिलिलिटर वर्षा हुने गरेको छ । धरानलाई भित्री मधेसको रूपमा पनि लिइन्छ । जहाँ वार्षिक २० हजार मिलिलिटर वर्षा हुने गरेको छ । हिमालबाट आएका नदी महाभारत पर्वत र अन्तिममा चुरे हुँदै तराईतिर बग्ने हुनाले पनि यो कमलो भूभाग प्राकृतिक रूपमा अत्यन्त संवेदनशील मानिन्छ ।
यसैबाट पनि धरान पहिरोको पनि जोखिम उच्च छ भन्ने संकेत गर्दछ । कान्छो पहाडको रूपमा परिचित त्यस पहाडमा चट्टान कडा खालको हुँदैन। जस्ले गर्दा पहिरोको सम्भावना बढी हुन्छ । विभागले धरानको माटोलाई पाँच भागमा विभाजन गरेको थियो। त्यसमध्ये पर्ने विजयपुर फर्मेशन पर्दछ। जहाँ रातो माटो रहेकाले ठूला र गह्रौं स्ट्रक्चरहरु नबनाउन साथै खुल्ला ठाउ नै राख्नलाई सुझाव दिएको इन्जिनियर श्रेष्ठ बताउँछन्। ‘रातो माटो आफैमा पनि स्टेबल हुदैन। आफ्नै वेटले पनि झरिराख्छ। अर्को तर्फ दरार देखिएकाले पनि जोखिम मानिन्छ।' त्यही भएर पनि स्थानीय निकायले विजयपुर क्षेत्रमा प्लटिङका लागि रोक लगाएको छ।
भूगर्भविद् ललितकुमार राईले विजयपुर क्षेत्र चुरे नै रहेको बताउँछन्। यस्तो क्षेत्र पहिरोको हिसावले क्रिटिकल नै हुने उनी बताउँछन्। विभागले अध्ययन पश्चात पत्ता लगाएको दरारको कुरा गर्दा सिन्द्धान्ततः भूकम्पको बेला दरारबाट हलचल भएर अबाहिर आउने हुने उनले बताए। ‘अर्को भनेको चिरा परेकोमा चट्टान आफैमा धाँजा परेको हुन्छ।' उनले भने ‘यस्तो क्षेत्रमा ठूला घरहरु निर्माण गर्दा त्यसले लोड (दवाव) दिइरहेको हुन्छ। त्यो भएर ठूलो घरलाई खतरा हुने हुन्छ।'