मोरङको मधुमल्लामा बक्रा खोलाको बाढी पस्दा ३, ४,५ र ६ नम्बर वडा डुबानमा परेका छन्। यस्तै बाढीमा परेर मधुमल्ला २ का ८ वर्षीय सुशील थापाको ज्यान गएको छ। बिहान २ बजे बाँध फुटेर बाढी गाउँमा पसेको थियो। बक्राको बाढी पसेर कर्सेनी गाउँ पुरै डुबानमा परेको छ। यस्तै बाढीले गाउँको दुईवटा घर बगाएको छ।
यसैगरी दुई जनालाई बगाउँदा बगाउँदै गर्दा प्रहरीले जिवितै उद्दार गरेको छ। ९० वर्षीया मनमाया थापा र ५२ वर्षीय दुर्गा थापालाई जिवितै उद्दार गरेको उर्लाबारी प्रहरीले जनाएको छ।