असार महिनालाई हिलो महिनाको रुपमा लिने गरीन्छ। अझ असार १५ को दिनमा हिलोमा छुनैपर्ने धार्मीक एवम् पौराणिक मान्यता छ। हिलोमा टेक्ने पौराणीक मान्यताका कारण पनि असार १५ मा रोपाई नभएकाहरु अरुको खेतमा गएर भएपनि हिलोखेल्ने गर्छन्।
भरपुरको आँपटारीमा रहेको एसएमएस मन्टेश्वरी पुग्दा साना–साना बालवालिकाहरू हातमा धानको विउ लिएर रोपाई गर्दै थिए। धानको बिउ मन्टेश्वरीमै उमारीएको हो। साना–साना बालबालीकाहरु जानी नजानी भुईसम्म लैजादै थिए। भर्खर २ वर्ष पुगेकी विभु तिवारी धानको मुठा समातेर धान रोप्दै थिईन्। उनको शरीर हिलाम्मै थियो। रोप्न कोसीस गरेपनि धान राम्रोसँग माटोमा गाडीएका थिएनन्। छेउमै रहेकी शिक्षीका जमुना परियारले विभुको हात समाउदै माटोसम्म पुर्याएर गाड्न लगाइन्।
जमुनाले विभुलाई पटकपटक त्यसरी नै हात समाती रोप्न सिकाउदै थिईन्। छेउमै रहेकी अंशु खत्रीपनि हातमा धानको विउ लिएर रोप्न खोज्दै थिईन्। भर्खर साढे २ बर्ष भएकी अंशु खुसी मान्दै रोप्दै थिईन्।
सानो गरा छरपस्ट साना वालवालीका निकै लोभलाग्दो दृष्य थियो। एकछिनपछि अएपछि अर्को गर्दै हिलो छ्यापाछ्याप गर्दै थिए। २५ जना वालवालीकाहरु यसरी नै हिलो खेल्दै धान रोप्न सिक्दै थिए। विभु र अंशु दुवै माघको श्रीपञ्चमीवाट मन्टेश्वरीमा भर्ना भएका हुन्। साना साना वालवच्चाहरु धान्न नसक्ने आफ्ना सानो धान्न नसक्ने शरिर धानको विउ लिएर रोप्दाको दृष्य निकै लोभलाग्दो थियो। ‘मानिसहरु आधुनिक भए। आफ्नो संस्कृति, संस्कार विर्शिए ’ मन्टेश्वरी संञ्चालक सागर तिवारीले भने ‘अव वालापनदेखी नै यस्ता संस्कारको विकास गर्न जरुरी छ। हामी वालमस्तिस्कमा राम्रो विकास गर्न चाहन्छौं।’
साना साना वालवालीकाहरुलाई स्कुल पढ्नु पुर्व मन्टेश्वरीमा राख्ने गरीन्छ। यसरी सानैदेखी बालबालीकामा यस्ता आफ्ना संस्कृति र संस्कारलाई जोड्दै लैजानुपर्ने वताउछन्। ‘बालबालीकालाई सम्हाल्ने कुरा निकै कठीन कुरा हो’ शिक्षीका जमुनाले भनिन्, ‘भनेको मान्दैनन्, तैपनी सानो देखी नै संस्कारको विकास गर्न यस्ता पर्वमा सामेल गराउनका लागी धान रौप्न सिकाएका हौ।’