चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्रि गर्ने पदम बहादुर भोलन पक्राउ परेका छन्।
७ वर्ष कैद र ५० हजार जरिवाना तोकीएका फरार मकवानपुर सुकौरा गा.वि.स. वडा नं. ७ स्थायी घर भइ चितवन पदमपुर-१ बस्ने ५६ वर्षीय थिङको ज्वाँई भन्ने भोलन सोमबार राति पक्राउ परेका हुन्।
राति ९ बजे श्री जंग गण कसराका सह सेनानी संजय कार्की, चितवन राष्ट्रिय निकुञ्जका रेन्जर लक्ष्मण राय र प्रहरी चौकी चौघडा, मकवानपुरका प्रहरी सहायक निरीक्षक विरेन्द्र कुमार खड्का समेतको संयुक्त टोलीले सुकौरास्थित घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी १६ वर्षदेखि फरार थिए।