त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि केदारभक्त माथेमा नेतृत्वको समितिले सरकारलाई बुझाएको प्रतिबेदन सार्वजनिक गर्न माग गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै केसीले उक्त प्रतिवेदन अविलम्ब सार्वजनिक गरेर पारदर्शीताका साथ कार्यान्वयन गर्न माग गरेका हुन।
सोमबार माथेमा नेतृत्वको समितिले प्रधानमन्त्री सुशील कोइरालालाई मेडिकल शिक्षाका क्षेत्रमा गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन्। प्रतिवेदन सार्वजनिक भए त्यसमा उल्लेखित बुँदाहरुको बारे बहस गर्न सजिलो हुने समितिका सदस्य भगवान कोइरालाले सेतोपाटीलाई बताए।