हत्या अभियोग लागि १५ वर्षदेखि फरार रहेका टेकबहादुर तामाङलाई प्रहरीले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको छ ।
प्रहरीले धादिङ दार्खा ९ घर भइ काठमाडौंको ढल्कुमा बस्दै लुकिछिपी बस्दै आएका तामाङलाई प्रहरीले पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । उनले २०६७ साल कार्तिक १ गते धादिङ दार्खाकै शिव थापालाई खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
२०७० पुस १६ गते जिल्ला अदालत धादिङले उनीमाथी १५ वर्षको जेलसजाय सुनाएको थियो ।