गृह मन्त्रालयले ३० जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।
मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार प्रेम लुइँटेललाई डडेलधुरा, मित्रलाल शर्मालाई रोल्पा, पुरुषोत्तम घिमिरेलाई पाचथर, सुरेन्द्रराज पौडेललाई भोजपुर, सागमणी पाठकलाई म्याग्दी र लीलाधर अधिकारीलाई बैतडीको सिडिओ बनाइएको छ। त्यस्तै सिन्धुपाल्चोकमा बलभद्र गिरी, पाल्पामा कृष्णप्रसाद ज्ञवाली, इलाममा विष्णु कार्की, मनाङमा भिमकान्त शर्मा र ओखलढुङगामा यादव सुवेदीलाई सिडिओ बनाइएको छ।
मुरारी वस्तीलाई तेहथुम, जनार्दन गौतमलार्इ जाजरकोट, दीपकराज नेपाललाई सिन्धुली, जीवनप्रसाद दुलाललाई डोल्पा, देवेन्द्र लामिछानेलाई दोलखा, यामप्रसाद सुवेदीलार्इ अछाम, उमेशप्रसाद ढकाललार्इ नुवाकोट, शिवराम गेलाललाई रसुवा र सुरेन्द्र पौडेललाई अर्घाखाचीको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयले सरुवा गरेको हो
।