अपहरण मुद्दामा तीन वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई महोत्तरी प्रहरीले एसएलआरको गोली सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भ्रमरपुरा ६ का २४ वर्षिय रवु राईन रहेको छ।
राईनलाई जिल्ला अदालत महोत्तरीले २०६७ फाल्गुन ११ गते भ्रमरपुरा गाविसका पूर्व अध्यक्ष हबिब राइनलाई अपहरण गरेको अभियोगमा ०६९ माघ १२ गते तीन वर्ष कैद र १५ हजार जरिवाना तोकेका थिए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको प्रहरी गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले एसएलआरको गोली २ राउन्ड, पेस्तोलको गोली २ राउन्ड बरामद गरेको छन। उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखि थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक सौरभ राणाले बताए।