बिहीबार राति सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर फेरि अर्को भूकम्पको धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर २६ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्पको अर्को धक्का महसुस भएको हो। वैशाख १२ यता भूकम्पपछि परकम्पन जाने क्रममा बिहीबार पनि रोकिएन।
योसँगै बिहीबार ७ वटा भूकम्पको धक्का महशुस भएको छ। जसमध्ये गोरखा र धादिङको सीमालाई केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको छ। यस्तै दोलखा केन्द्रबिन्दु बनाएर तीन वटा भूकम्पको भक्का महशूस भएको छ।
त्यसैगरी बिहीबार बिहानै ५ बजेर १२ मिनेटमा काठमाडौं केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको धक्का महशूस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।