सन् १९९८ को मे मा पाकिस्तानको यात्रुबाहक विमान अपहरण गर्ने तीन व्यक्तिलाई बिहीबार फाँसी दिइएको छ।
ती तीन व्यक्तिले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिएलए) आन्तरिक विमान अपहरण गरेका थिए।
सो विमान बलुचिस्तान प्रान्तबाट कराचीतर्फ गइरहेको अवस्था अपहरणमा परेको थियो ।
आतङ्ककारी विरुद्धको अदालतका न्यायाधीश अब्दुल घाफोर मेमोनले गतसाता ती तीनलाई फाँसीको सजाय सुनाएका थिए।
सो विमान अपहरणमा परेको त्यस अवस्थामा चालकदलका सदस्यसहित ३५ व्यक्ति सवार रहेका थिए ।
ती अपहरणकारीले सो विमानलाई भारत लिएर जानका लागि दबाब दिएका थिए। तर विमान चालकले सो विमानलाई सिन्ध प्रान्तको हैदराबाद विमानस्थलमा तेल भर्ने निहुँमा रोकेका थिए।
सो विमान चालकले केही समयमा सो विमानलाई भारतको गुजरात राज्य अवतरण गर्छु भनी अपहरणकारीलाई भनेका थिए।
केही समयपछि हैदराबाद विमानस्थलमै पाकिस्तानी कमाण्डोहरू आई ती अपहरणकारीहरुलाई पक्राउ गरेका थिए।
अधिकारीहरुका अनुसार ती अपहरणकारीहरू बलुच लडाकू समूहसँग आबद्ध थिए।
साहसावार बलुच र सबीर बलुचलाई सिन्ध प्रान्तको सेन्टर जेल हैदरबादमा र साब्बीर बलुचलाई सेन्टर जेल कराचीमा फाँसी दिइएको हो।रासस/सिन्ह्वा