नेपालमा आज बिहान सबेरै भूकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेट जाँदा काठमाडौंलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प गएपछि राजधानीका अधिकांश मानिसहरु डरले बाहिर सडकमा निस्केका थिए ।
एक महिनादेखि भूकम्प निरन्तर आइरहेका कारण मानिसहरुमा त्रास समेत उत्पन्न भएको छ ।