आइतबार राति ११:१५ बजे फेरि दोलखालाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको छ।
वैशाख १२ पछि आएका निरन्तर धक्का आज पनि जारी रह्यो। आइतबार बिहानदेखि अहिले यो समाचार तयार पार्दासम्म ५ पटक भूकम्पको धक्का महुसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघि आइतबार दिउँसो १२.५५ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूटको भूकम्प गएको छ। यस्तै सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु भएर ११.४६ बजे ४.२ म्याग्निच्यूट, १०.३८ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूट र बिहान ७.०६ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिलेसम्म ४.० म्याग्निच्यूडभन्दा माथिका २ सय भन्दा बढी परकम्प गएका छन् ।
४.० म्याग्निच्यूडभन्दा मुनिका परकम्पलाई केन्द्रले आफ्नो रेकर्डमा राख्ने गरेको छैन। त्यस्ता साना परकम्प त हजारौंपटक गएको केन्द्रले जनाएको छ। यद्यपी केन्द्रका अनुसार ६ रेक्टरभन्दा तलको भूकम्पले कुनै असर नगर्ने बताएको छ।