नोबेल पुरष्कार विजेता तथा प्रसिद्ध अमेरिकी गणितज्ञ जोन नाशको कार दुर्घटनामा आइतबार निधन भएको छ l अमेरिकी समाचार एजेन्सीका अनुसार न्युजर्सीमा भएको कार दुर्घटनामा ८६ वर्षिया नाश र उनकि श्रीमती अलिसियाको निधन भएको हो l
खेलको सिधान्तमा गरेको योगदानलाई कदर गर्दै १९९४ मा उनलाई अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो l राजनीतिशास्त्र, अर्थशास्त्र, वार्ता, ‘इभोलुसनारी’ विज्ञान लगायत ज्ञानका धेरै विधाहरुमा खेलको सिधान्त महत्वपूर्ण मानिन्छ l
८६ बर्षीय प्राध्यापक नाशको जीवनमा आधारित सिनेमा ‘अ बिउटीफुल माइन्ड’ले ओस्कार पुरष्कार समेत जितेको थियो l
प्रिन्सटन विश्वविध्यालयका प्राध्यापक नाशको जीवन संघर्षपूर्ण थियो l सिजोफ्रेनिया भन्ने कडा किसिमको मानसिक रोगसँग जुध्दै उनले आफ्नो खोज र अनुसन्धान अघि बढाएका थिएl सिजोफ्रेनिया जस्तो मानसिक रोगसंग जुधेर नाशले गरेको प्रगतिलाई आश्चर्यरुपमा हेरिन्छl
हलिउडका प्रसिद्ध कलाकार रसेल क्रोले ओस्कार पुरस्कार विजेता ‘अ बिउटीफुल माइन्ड’मा नाशको भूमिका खेलेका छन् l
नाश र उनकी पत्नी अलिसियाले दुवै मानसिक स्वास्थ्य अधिकारकर्मी थिए l समाचारका अनुसार दुर्घटना हुँदा दुबैले सिटबेल्ट लगाएका थिएनन् l केहि हप्ता अघि नाश गणित विज्ञानमा दिइने प्रसिद्ध ‘अबेल’ पुरष्कारबाट पनि सम्मानित भएका थिए l