राजधानीको सिफलमा रहेको टेक्सास इन्टरनेशनल स्कुलले हरियो स्टीकर पाएको छ ।
जिल्ला शिक्षा कार्यालयको प्राविधिक टोलीले निरीक्षण गरेपछि सो विद्यालयले सुरक्षित भएको भन्दै हरियो स्टीकर पाएको हो ।
विद्यालयको २ वटै भवन सुरक्षित रहेको प्राविधिक रामबिनोद पण्डितले जानकारी दिए ।
यसअघि जिल्ला शिक्षा कार्यालयले अनुगमन नै नगरी हचुवाको भरमा सो विद्यालयलाई रातो चिन्ह लगाएको जानकारी दिएको थियो ।