पत्रकारहरूको एक टोलीले काठमाडौंको साँखुमा सफाई गरेको छ। सञ्चार फाउण्डेसन नेपालको संयोजनमा पत्रकारहरुको टोलीले भूकम्पबाट अति प्रभावित सांँखु क्षेत्रमा श्रमदान गरेको हो। त्यहाँ उनीहरुले माटो, ढुंगा, इट्टा बोक्ने तथा पुरिएको ढुंगेधाराका अन्य सामग्री हटाउने काम गरेका थिए।
एक दर्जन पत्रकारहरुले दिनभर स्थानीय महादेव स्थानमा पुरिएको सार्वजनिक ढुंगेधाराको भग्नाबषेश हटाउने काम गरेको संचार फाउण्डेसन नेपालका अध्यक्ष रामकृष्ण भण्डारीले जानकारी दिए। स्थानीय कृष्णगोपाल श्रेष्ठका अनुसार स्वंयसेवकका रुपमा पत्रकारहरु सांखुमा पुगेको पहिलो पटक हो।
टोलीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र कुवंर, पत्रकार भुवन केसी लगायत सहभागी थिए। पत्रकारहरु स्वंयसेवामा जाने थाहा पाएपछि कलाकार र इन्जीनियरहरु समेत श्रमदानमा सामेल भएका थिए। विनासकारी भुकम्पले ध्वस्त भएको सांखुमा अहिले भग्नावशेषहरु हटाउने र बाटो खुलाउने काममा थुप्रै स्वंयसेवीहरु खटिएका छन्।
अहिले काम गर्ने मान्छे नपाउदा त्यस क्षेत्रमा स्थानीयहरुलाइ खेति भित्राउन पनि समस्या भएको छ। भुकम्पले सांखु क्षेत्रमा ६० भन्दा बढिको ज्यान गएको थियो ।