पहिरोले म्याग्दीमा कालिगण्डकी थुनिएपछि कालिगण्डकी ‘ए’ परियोजनालाई हाई अलर्टमा राखिएको छ। नेपाल विद्युत प्राधिकरण स्रोतका अनुसार कालिगण्डकी ड्याममा जम्मा भएको पानी खोलेर विद्युत गृहका सबै टर्बाइन चलाउन निर्देशन दिइएको छ।‘यसले कथम कदाचित थुनिएको कालिगण्डकी फुटेर ह्वात्त पानी आएपनि ड्यामको सुरक्षामा असर गर्दैन,’ प्राधिकरणका एक उच्च अधिकारीले भने,‘ हामी हाई अलर्टमा छौ।’