भूकम्पमा परी दुईसय ४० नेपाली र ८९ जना विदेशी बेपत्ता भएका जनाउँदै नेपाल प्रहरीले खोजी जारी रहेको बताएको छ ।
शुक्रबार साँझ सम्मको विवरणअनुसार भूकम्पमा परी आठ हजार ६३५ जनाको मृत्यु भएको तथा २१ हजार ८४५ जना घाइते भएका छन् ।
भूकम्पबाट पूर्ण तथा आंशिक गरी काठमाडौँ उपत्यकामा ६७ हजार १८८, पूर्वाञ्चलमा ४५ हजार ९३०, मध्यमाञ्चलमा दुई लाख ८६२, पश्चिमाञ्चलमा एक लाख ४५ हजार ४२८, मध्यपश्चिमाञ्चलमा तीन हजार १९५ र सुदूरपश्चिमाञ्चलमा ५० गरी चार लाख ६२ हजार ६५३ भौतिक संरचनामा क्षति भएको छ । रासस