गत वैशाख १२ गते गएको भूकम्प पछि आउने परकम्पन अझै रोकिएको छैन।
शुक्रबार साँझ २ वटा भूकम्पको धक्का महशूस भएको छ। सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर चार रेक्टर स्केल भूकम्प गएको केही समय अगाडि दोलखा केन्द्र बिन्दु बनाएर ४.१ रेक्टर स्केलको धक्का महशूस गरिएको छ।
यसअघि दिउँसो २ बजेर ४५ मिनेटमा धादिङ र नुवाकोटको सीमालाई केन्द्र बिन्दु बनाएर ४.२ रेक्टर स्केल र ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि हिजो तीन पटक परकम्प गएको थियो।
यसैबीच सरकारले यसअघि नै नचर्किएका घरमा बस्न आग्रह गर्दै सामान्य जनजीवनमा फर्किन आग्रह गरिसकेको छ। भूकम्प मापन केन्द्रले पनि परकम्पनको क्रम बिस्तारै पातलिँदै गएको भन्दै कसैको भ्रामक हल्लाका पछि नलाग्न आग्रह गरेको छ।
वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण अहिलेसम्म ८,६२४ जनाले ज्यान गुमाइसकेका छन् भने २१,७७७ घाइते भएका छन्।