१२ बैशाखमा गएको महाभूकम्पले भत्केको बिद्यालयको भगनाबशेष तह लगाएर नयाँ टहरो निर्माणको काम गरिरहेका गोरखाका एक जना शिक्षक गम्भिर घाइते भएका छन्। महाभूकम्पले भत्केको सौरपानी गाबिसको हिमालय उमाबिमा काम गरिरहेका ४५ बर्षका शिक्षक ठाकुर भट्ट शुक्रबार दिउँसो भगनाबशेष भत्केर लागेपछि गम्भिर घाइते भएका हुन्। उनको शरीरमा चोट लागेको छ।
नेपाली सेना, नेपाल प्रहरीसहितको टोलीसहित शिक्षक भट्ट पनि बिद्यालयको भगनाबशेष तह लगाउने र नयाँ टहरो निर्माणको काम साथै थिए। ‘भारतीय सेनाको हेलिकोप्टर पठाएर घाइते शिक्षकको उद्धार गरेका छौ' गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले भने, ‘उपचारको लागि पोखराको अस्प्ाताल पठाइएको छ।' महाभूकम्पले गोरखाको बिभिन्न बिद्यालयको ३२ सय कक्षाकोठा ध्वस्त भएको छ।
जेठ १७ गतेदेखि बिद्यालय सञ्चालनका लागि ५९५ बिद्यालयमा नयाँ टहरो निर्माणलाई तीब्रता दिइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। अधिकांश बिद्यालयमा त्रिपाल, टेण्ट पठाइएको बताउँदै जिल्ला शिक्षा अधिकारी हरि अर्यालले भन्ो, ‘आवश्यकता भन्दा धेरै कम त्रिपाल प्राप्त भएको छ। बिद्यालय सञ्चालनमा समस्या देखेका छौं।' महाभूकम्पमा परी गोरखाका ६ जना शिक्षकहरुले ज्यान गुमाएका थिए।