दुर्लभ बन्यजन्तु पाटेबाघको छाला र हड्डीसहित सल्यानको देबस्थलबाट पाँच जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समूहको टोलीले बाघको छाला र हड्डीसहित अभियुक्तहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सल्यान देवस्थलका टेक बहादुर विष्ट, गोरख पुन, विनोद साहु, हरी विष्ट र भीमबहादुर रहेका छन्।
अभियुक्तहरुले बाघको छाला र हड्डी डोल्पाबाट सल्यान हुँदै भारत लगेर २० लाखमा बिक्री गर्ने योजनामा रहेको प्रहरीले जनाएको छ।
सुराकीको आधारमा देवस्थल ४ खैराखोलाबाट ५ जना अभियुक्तसहित बाघको छाला र हड्डी बरामद गरिएको नेपाल प्रहरीको क्षेत्रिय अनुसन्धान समूहले जनाएको छ।
बरामद गरिएको बाघको अंग र पक्राउ परेका अभियुक्तलाई प्रहरीले नेपालगन्जमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ परेको अभियुक्त र बाघको छाला तथा हड्डीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला बन कार्यालय सल्यानमा पठाइएको छ।
स्थानीय तस्करले बाघ लगायतका दुलर्भ बन्यजन्तुको शिकार गर्ने र भारतीय तस्करले बन्यजन्तुका महत्वपूर्ण अंगहरु बाहिर निकासी गर्ने गरेको प्रहरी नायव उपरीक्षक अशोक सिंहले बताए