‘जिन्दगीभर कमाएको त सकियो, अरूले दिएको राहतले के नै पो होला र’

चुनाव
  • Get News Alerts

tata

वैशाख १२ को भूकम्पपछि धेरैले व्यवसायिक धर्म निभाउन सकेनन्। केही बसवालाले राजधानीबाट घर फर्कने यात्रुसँग बढी भाडा लिए। केही पसलले कालो बजारी गरे। तिनको असली चरित्र भूकम्पले पर्दाफास गरिदियो। अर्काको पीडामा पनि पैसा कमाउने लालसाले व्यवसायिक धर्मबाट उनीहरू च्यूत भए।

त्यही भूकम्पले सिन्धुपाल्चोक नवलपुरका सुनबहादुर तामाङको असली चरित्रपनि पर्दाफास गरिदियो, साहस  र सहयोगीका पर्यायका रूपमा। ज्यानको प्रर्वाह नगरेर उनले आफ्नो होटलमा पुरिएका १४ जना विद्यार्थीलाई बचाए। शंकरापुर एकेडेमीका विद्यार्थी उनलाई जीवनदाता नै ठान्छन्।

४५ वर्षका तामाङले नवलपुरमा ६ महिना अघि होटल सुरू गरेका थिए। नामै नराखेको उनको होटलमा ६० जनासम्मलाई लजसहितको सुविधा थियो। वर्षको ४० हजार रुपैयाँमा उनले घर भाडामा लिएका थिए।

दुई छोरामध्ये जेठा मलेसिया छन्। कान्छा छोरा काठमाडौंमै घरजम गरी बसेपछि बाँकि जीन्दगी कटाउने मेसोको रूपमा तामाङ दम्पत्तिले होटल चलाएका थिए। बुढाबुढी दुवैले काम गरेर होटल चलाइरहेका थिए।

मलेसियामा काम गरिरहेका छोराले पनि घर फर्किएपछि होटल चलाउनमा सहयोग गर्ने वचन दिएका थिए।

होटल राम्ररी चलिरहेको थियो। चैत १५ गते शंकरापुर एकेडेमीका एचए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी नवलपुरमा १ महिने प्राक्टिकल गर्न पुगे। कलेजले उनीहरू बस्ने होटलको प्रवन्ध सुनबहादुर कै होटलमा मिलायो। १९ जना पाहुना महिना दिनका लागि आएपछि तामाङ दम्पति पनि खुसी भए।

मिजासिला स्वभावका तामाङसँग विद्यार्थी घुलमिल हुन थाले। घुलमिलसँग ग्राहक र होटलवालामा आत्मियता बढ्यो। ‘बहिनीहरू होटल होइन यो घर हो हाम्रो भन्थे’ सुनबहारदुरले सम्झिए, ‘तपाईँहरूलाई छोडेर काठमाडौं कसरी जाने होला।’

विद्यार्थीहरू भान्छासम्मै पुग्थे। खाना बनाउन सघाउँथे।

वैशाख १२ गते पनि विद्यार्थीलाई बिहानको खाना खुवाएर तामाङ दम्पत्ति खाना खाने तरखर गर्दै थिए। जमिन हल्लिन थाल्यो। सुनबहादुर अलमलिए। हत्तपत्त श्रीमतीले हात समातेर उनलाई बाहिर निकालिन्। ‘उसले मैलेभन्दा पहिले नै थाहा पाई’, श्रीमतीतिर हेर्दै उनले भने।

बाहिर निस्कँदा सुनबहादुरको टाउको र खुट्टामा चोट लाग्यो। बाहिर निस्केकामात्र के थिए उनीहरुको होटल भूकम्पको झड्कासँगै जमिनमा मिसियो। कोठामा बसिरहेका १६ जना विद्यार्थी घरभित्रै पुरिए।

उनको होटलमात्र भत्किएको थिएन। आसपासमा घर पनि भत्किएका थिए। मानिसहरू चिच्याउँदै खुला ठाउँमा जम्मा भए। घरमा पुरिएकालाई बचाउन कोही तत्पर भएनन्। सबैलाई आफ्नो ज्यानको पीर थियो।

होटल भत्किएको भन्दा छोराछोरीसमानका विद्यार्थी आफ्नै होटलमा पुरिएकोमा सुनबहादुरलाई चिन्ता लाग्यो।

तर, सुनबहादुरले आफ्नो ज्यानको पीर भन्दा पुरिएका आफ्ना पाहुनालाई बचाउन प्रयत्न गरे। भित्र पुरिएका नानीहरू ‘अंकल बचाउनुस्, बचाउनुस्...’ भन्दै कराइरहेका थिए। सुनबहादुर त्यही आवाजलाई निशाना बनाउँदै माटो र ढुंगा पन्छाउन थाले।  साधन नभएपछि हात लागेको थालले नै भग्नावशेष हटाए। आफै रक्ताम्मे बनेका उनले पुरिएका १४ विद्यार्थीलाई बाहिर निकाले। २ दुई जनालाई भने बचाउन सकेनन्। ‘तपैंहरूलाई छोडेर कसरी काठमाडौं जाने होला भन्थे, दुई जना नानीहरूले यही घरमा हामीलाई सधैँका लागि छोडेर गए’, सुनबहादुर भावुक बने। 

अर्को दिन गम्भीर घाइते भएका विद्यार्थीलाई हेलिकोप्टरले काठमाडौं लग्यो। केही गाडीबाट काठमाडौं लागे। होटलमा पुरिएका एकजनाका नवलपुरमै दाहसंस्कार गरियो। उनको लास जलाउन सुनबहादुरले नै ६० जना मलामी डाके। अर्को शव पनि विद्यार्थीका आमाबुवालाई जिम्मा लगाए।

घरभित्र पुरिएका विद्यार्थीका सामान लत्ता कपडा निकालेर ५ दिनपछि उनी आफ्नो र श्रीमतीको उपचार गर्न राजधानी गए। वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार गरेपछि केही दिन छोरासँगै बसे।

भूकम्पको पीडा काठमाडौंमा पनि उस्तै थियो। कति घर भत्किएका थिए, थुप्रै चर्किएका। विपद्का बेला छोरासँगै  बस्ने मन त उनलाई पनि थियो। तर, होटलमा बसेका विद्यार्थीको सामान फर्काउने पीरले पोल्यो र उनी नवलपुर फर्किए।

***

नवलपुरमा भत्किएको होटलको छेउमा जस्ता पाताले छोपेर उनले टहरो बनाएका छन्। त्यही टहरोमा बुढाबुढी बस्छन्। सरकारी राहतका लागि सुनबहादुरले लाइन नलाग्ने बताए। ‘जिन्दगीभर कमाएको त सकियो, अरूले दिएको राहतले के नै पो होला र!’ उनले भने। उदार दिलका उनको होटलमा धेरैले उधारो तिर्न बाँकि छ। उनलाई त्यो पैसा तिर्लान् भन्ने लागेको छैन्। ‘सबैलाई अहिले समस्या छ,  तिर्लान् भन्ने आस छैन’ उनले भने।

गाउँकाले उधारो नतिरेपनि शंकरापुर एकेडेमीका विद्यार्थी भने आफ्नो उधारो तिर्न मंगलबार नवलपुर पुगे। विद्यार्थी टोलीका संयोजक पवन न्यौपानेले हिसाब किताब गरेर उनलाई पैसा दिए।

विदा हुने बेलामा सुनबहादुरले पवनसँग भने,‘घाइते नानी बाबुहरुको राम्ररी ख्याल गर्नू। आफूपनि सुरक्षित बस्नू,’ बाबुले छोरालाई सम्झाए जसरी नै उनले भने।

पवनले बुझेको संकेतमा टाउको हल्लाए। अभिवादन गरेर विदा मागे।

हामी भने उनका जीवनका अरू रङबारे गफिदैं थियौं। आमाको हात भाँचिएपछि घरायसी कामधन्दामा लाग्नु पर्ने भएकाले २ कक्षापछि स्कुल जान छोडे। जम्मु कश्मिर पुगेर मजदुरी गरे। फेरि गाउँमै आएर ठेकापट्टा गरे।

जिन्दगीभरी सँधै उदार दिल लिएर बाँचेकाले सन्तुष्टि लागेको उनले बताए।

‘भूकम्पपछि मलेसियामा रहेको छोराले घर आउँछु बुवा भनेको थियो,’ उनले भने, ‘घर त आउला तर बस्ने घर त छैन्? बरु एक दुई महिना उतै बसोस्।’

कुराकानी चलिरहँदा उनको टहरो हल्लिन थाल्यो। धक्का ठूलै थियो। छानामा लगाएका काठ समातेर हामी भित्रै बस्यौं। केही छिनमा धरती हल्लिन छोड्यो। सँगै बाहिर निस्कियौं। उनले भत्किएको होटलको भग्नावशेष  हेरे। आज उनको छाप्रो भत्किएन, न कोही विद्यार्थी नै पुरिए। उनी निश्चिन्त देखिए।

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • मछिन्द्रनाथको रथ यसरी पुर्‍याइयो जावलाखेल, चार दिनपछि भोटो देखाउने

    मछिन्द्रनाथको रथ यसरी पुर्‍याइयो जावलाखेल, चार दिनपछि भोटो देखाउने

    वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभ साइतमा सोमबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ। नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मछिन्द्रनाथको रथ वैशाख १७ गते पुल्चोकबाट तानिएको थियो।

  • कंलकीस्थित साथीको डेरामा गएकी युवती बलात्कृत

    जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २ जना युवकलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने मोरङ सिजुवा –८ घर भएका २९ बर्षीय राजेन्द्र पोखरेल र मोरङ बिराटनगर उपमहानगरपालिका घर भई सोही ठाउँ डेरा गरी बस्ने २४ वर्षीय अग्रज चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

  • स्कुल बसको ठक्करबाट १३ वर्षीया छात्राको मृत्यु

    स्कुल बसको ठक्करबाट १३ वर्षीया छात्राको मृत्यु

    कादम्बरी स्कुलका छात्रछात्राहरुलाई लिएर आइरहेको क्रममा ना २ ख ८५३ नम्बरको बसको पछाडिको चक्काले  चेपिएर घटना स्थलमै मृत्यु भएको स्थानीयबासीले बताएका छन्। आज बिहान ८:३० बजे स्कुल बसको प्रतिक्षामा रहेकी दिल्ली पब्लिक स्कुल कक्षा ९ मा अध्ययनरत १३ वर्षीय बालिका दिया अग्रवाललाई स्कुल बस विपरित दिसामा रोकिएपछि बाटो क्रस गर्दा कादम्बरी स्कुलको बसले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

  • आइपिएलको सट्टेबाजी गरेको आरोपमा जमालिया पक्राउ

    इन्डियन प्रिमियर लिग क्रिकेट फाइनलको लागि वीरगन्जबाट सट्टेबाजी गरेको अभियोगमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। क्रिकेट खेलमा हारजितको लागि वीरगन्जबाट करोडौं सट्टेबाजी  हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा सट्टेबाजीमा संलग्न वीरगन्ज आदर्शनगरका संजय जमालियालाई पक्राउ गरेको हो।

  • ललितपुरमा ग्याङ फाइट, १० जना पक्राउ

    ललितपुरमा युवाहरुको २ समूहवीच ग्याङ फाइट भएको छ। १० जना पक्राउ परेका छन भने ४ जना घाइते भएका छन्। ललितपुर १७ त्यागलमा धारिलो हातहतियारसहित २ समूहवीच हानाहान हुदाँ राकेश देउला, राका देउला, उरेन देउला र मचाभाइ देउला घाइते भएका छन्।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी