नेपाल स्वास्थ्य व्यवसायी महासंघका केन्द्रीय सदस्य फुर्वा लामाले आफ्ना केही साथी मिलेर भूकम्पबाट क्षतिग्रस्त भग्नावशेष पन्छाउन र उद्धार कार्यमा खटिएका सेना तथा प्रहरीलाई खाजा र पानी वितरण गरेको छ।
युवा संघ नेपालका केन्द्रीय विभाग सचिवसमेत रहेका लामाले काठमाडौंको गोंगबु, बालाजु, नयाँ वसपार्क क्षेत्रमा भत्किएका भवनको भग्नावशेष पल्टाउने नेपाली सेना र प्रहरीलाई वितरण गरेका हुन्।