संयुक्त राष्ट्रसंघ अनतर्गत अफ्गानिस्तानमा रहेका नेपाली र भुटानीहरुले पठाएको करिव ४ लाख ५० हजार बराबरको सहयोग सामाग्री सिन्धुपाल्चोक र काभ्रे जिल्लाहरुमा वितरण गरिएको छ।
उक्त सामाग्री भूकम्प पीडितका लागि काम गर्ने संथामार्फत वितरण गरिएको हो। सहयोग सामाग्री अन्तर्गत ६० बोरा चामल, १२८ कार्टुन विस्कुट, १३० बोरा, चामल र केही त्रिपाल लगायत सामाग्री वितरण भयो। बाँकि सामाग्री भोलि मेडिकल टिमका साथमा धादिंङ जिल्लाको भैंसे पोखरी पठाइने कार्यक्रम छ।