सामाजिक सञ्जाल फेसवुकमा भ्रामक सन्देश प्रसार गर्ने ‘कर्मठ युवा नेपाल’ भन्ने संस्थाका अध्यक्ष मोरङ लेटाङ भोगटेनी नगरपालिका–७ वस्ने २४ वर्षीय विवेक राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
राईले ‘कर्मठ युवा नेपाल’ भन्ने एकाउण्टमार्फत् प्रधानमन्त्री राहत कोषबिरुद्धमा बिभिन्न भ्रामक र अनर्गल सूचनाहरू राखी राष्ट्रमा आइपरेको बिपदको समयमा सर्बसाधारण जनतामाझ नकारात्मक प्रभाब पार्ने गरी सूचनाहरु संप्रेषण गरी प्रसारण गर्ने गरेको पाइएपछि महानगरीय अपराध महाशाखा हनुमानढोकाको अनुसन्धान र समन्वयमा ईलाका प्रहरी कार्यालय लेटाङले राईलाई मोरङ लेटाङ बजारबाट पक्राउ गरेको हो।