मुलुकमा आएको महाभूकम्पबाट राजधानी काठमाण्डौमा पीडित बनेकालाई आफ्नो गृह जिल्लामा फर्किने व्यवस्था मिलाउनको लागि धौलागिरी यातायात बस व्यवसायी संचालक समिति, बागलुङले निःशुल्क बस संचालन गर्ने निर्णय गरेको छ। समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
काठमाण्डौबाट धौलागिरीका पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ आउने भूकम्प पीडितलाई निःशुल्क ल्याउने व्यवस्था मिलाएको धौलागिरी बस व्यवसायी समितिका महासचिब उमेश के.सी.ले जानकारी दिए।
धौलागिरी आउने यात्रुलाई बुधबार र बिहीवार दुई दिनको लागि काठमाडौंको गोगबु नयाँ बसपार्कबाट निःशुल्क टिकट लिएर आउने व्यवस्था मिलाएको के.सी.ले जानकारी दिए। ‘यात्रुलाई ओसार्नको लागि ४०/५० गाडी काठमाडौं पठाएका छौँ,' के.सी.ले भने, ‘धौलागिरी आउन चाहाने भूकम्प पीडित यात्रु पैसा नतिरी आउन सक्छन्। समितिले बसपार्कको टिकट काउन्टर या निम्नानुसारका नम्बरमा सम्पर्क गरेर आउन समेत आग्रह गरेको छ। सम्पर्क गर्ने व्यक्तिहरु कृष्ण सुवेदी ९८५१०१८९१२, आशिष राई ९८५७६२०००५, दिपेन्द्र घर्ती ९८५१०४०३४६, पशुपति पौडेल ९८४३०७८०४८, सन्तोष ९८५६०३६१३२।