यातायात व्यवस्था विभागले सात दिनका लागि रूट परमिट खारेज गरेको छ। यातायात व्यवस्था विभागका प्रमुख मधुसुधन बुर्लाकोटीका अनुसार सात दिनलाई रूट परमिट खारेज गरेको हो।
यसैबीच यातायात व्यवसायीले मौका छोपेर धेरै भाडा लिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो भेटिए तुरून्त कारबाही गर्ने बताएका छन्।
‘कहिँ कसैले बढी भाडा लिएर सवारी चलाएमा १०३ का तुरून्त कल गर्नूहोस् हामी कारबाही गर्छौ,’ बुर्लाकोटीले भने।
प्रहरी र अनुगमन टोली देखेपछि अहिले बल्खु एरियामा कुनै पनि टाटा सुमो देखिन्नन्।