गत शनिबार गएको विनासकारी भूकम्पमा परी एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ रातमाटेडाँडास्थित राससकर्मी खिलप्रसाद दाहालको घर भूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको छ।
सोही घरमा बस्दै आएका ३२ वर्षीया मैया दाहाल, उनका नौ वर्षीय छोरा नारायण दाहाल र सात वर्षीया छोरी निसासहित छिमेकी भीमप्रसाद दुलालको छोरी सात वर्षीया अनुसा दुलालको मृत्यु भएको छ।
गम्भीर घाइते पोषप्रसाद दाहाललाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँस्थित छाउनी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए। रासस