उपत्यकाबाट बाहिर जाने यात्रुका लागि जथाभावी भाडा असुली गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ।
कलंकीमा बसवालाहरुले वीरगंजको भाडा २५०० र नारायणघाटसम्मको १५०० भाडा असुल गरिरहेका छन् भन्ने सम्बन्धमा प्रहरी परिचालन भइसकेको प्रहरीले जनाएको छ। यस्तै प्रहरीले भाडाका गाडीहरुले निर्धारित भाडा भन्दा बढी भाडा लिएमा प्रहरीको १०० मा फोन गरी उक्त गाडीको नम्बर समेत दिन अनुरोध गरेको छ।