शनिबार गएको विनासकारी भूकम्पका कारण नुवाकोटमा हालसम्म ४२२ जनाको मृत्यु भइसकेको छ।
भूकम्पबाट घाइते भएकाहरुलाई जिल्ला अस्पतालको चउरमा राखि उपचार गरिएको छ। हालसम्म ४०० भन्दा बढी घाइतेको उपचार गरिसकिएको जिल्ला अस्पतालका चिकित्सक मधुकर दाहालले जानकारी दिए।
अहिले पनि भूकम्पको धक्का गइरहेको कारण जनजीवन त्रसित छ। सर्वसाधरणहरु घरबाहिर खुला ठाउँमा बसिरहेका छन्।
यसैबीच, नुवाकोटमा भूकम्प प्रभावितलाई राहत वितरणको काम हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आफूहरु अहिले राहत वितरणभन्दा पनि घाइतेको उद्धारमा केन्द्रित भएको बताए।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले राहत सामग्री मौज्जात नरहेकाले वितरण गर्न नसकेको जनाएको छ। रासस