विनासकारी भूकम्पका कारण काभ्रेपलाञ्चोकमा मृत्यु हुनेको संख्या १९३ पुगेको छ भने ७०० को हाराहारीमा घाइते भएका छन्।
मृत्यु हुनेमध्ये धेरैजसो महिला र बालबालिका भएको अनुमान गरिएको छ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जिल्लामा २५ हजार घर क्षतिग्रस्त भएको, एक लाख बासिन्दा विस्थापित भएको जानकारी दिए।
उनले अझैपनि केही गाविसमा उद्धारकार्य जारी रहेको उल्लेख गर्दै विस्थापित भएकालाई बस्ने खाने ठाउँको अभाव देखिएको बताए।
विस्थापित भएकामध्ये केही आफन्तको शरणमा र केही खुला चौरमा नै बसेको प्रजिअ ढकालले बताए। रासस