भूकम्पका कारण चितवनमा थप दुई जनाको मृत्यु भएको छ। त्यस्तै उपचारमा आएका एक जनाको मृत्यु भएको छ।
चितवनमा सबै गरेर मृतकको संख्या पाँच पुगेको छ।
प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार पूर्वी चितवनको खैरहनी सिमलटारीका ६० वर्षीय डोलराज परियारको मृत्यु भएको छ। त्यसैगरी, चण्डिभञ्ज्याङ मंगली चेपाङको पनि भूकम्पका कारण घर भत्कदा च्याप्पिएर मृत्यु भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। परियारको भूकम्पपछि हृदयघात हुँदा मृत्यु भएको हो।
यसअघि रत्ननगर–१ का दामोदर मिश्र र काउले–९ की सोमा विकको मृत्यु भएको थियो। त्यसैगरी उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज ल्याइएको सर्लाहीका वुद्धिबहादुर परियारको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकारी दिए। रासस